नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा सरकार गम्भीर : गृहमन्त्री
राज्य व्यवस्था समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सोमबार उक्त भनाई राख्का हुन्। उनले यस विषयमा सरकार जानकार रहेको बताए।-1736167234.jpg)
काठमाडौं, पुस २२ : गृहमन्त्री रमेश लेखकले कन्चनपुरमा नेपाली भूमि भारतीयले भोगचलन गरेको विषयमा सरकार गम्भीर रहेको भनाई राखेका छन्।
राज्य व्यवस्था समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सोमबार उक्त भनाई राख्का हुन्। उनले यस विषयमा सरकार जानकार रहेको बताए।
आफ्नो भूमि, सिमानाको रक्षाका लागि सरकार गम्भीर रहेको पनि उनले बताए।
गृहमन्त्री लेखकले भने, ‘भारतीय नागरिकले हाम्रो जमीनमा खेतीपाती गरिरहेका छन् भन्ने धेरै तिरबाट जानकारी आएको छ। सरकार यस विषयमा जानकार छ, गम्भीर छ र कूटनीतिक माध्यमले समाधानको लागि प्रयास गरिरहेको छ।’
समितिको आजको बैठकमा एमाले सांसद रघुजी पन्त, कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूलगायत सांसदले यस विषयमा ध्यानाकर्षण गराएपछि गृहमन्त्री लेखकबाट उक्त भनाई आएको हो।
प्रकाशित मिति: १८:२५ बजे, सोमबार, पुस २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












