Kathmandu Press

लेखा समिति सभापतिका स्वकिय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी 

पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो  उनलाई ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा मोरङ अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। 
लेखा समिति सभापतिका स्वकिय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी 

मोरङ, पुस २२ : सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध सोमबार पक्राउ पुर्जी जारी भएको छ।

पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हो  उनलाई ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा मोरङ अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। 

Hardik ivf

ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा प्रहरीले अदालतसँग पक्राउ अनुमति माग गरेको थियो । पक्राउ पुर्जी जारी भएका पोखरेलविरुद्ध एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने बहानामा सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ।

ठगी प्रकरण बाहिरिएपछि लेखा समिति सभापति पोखरेलले स्वकीय सचिवबाट शुक्रबार जिम्मेवारीमुक्त गरेका थिए। पोखरेलले लिएको पैसा समेत फिर्ता नदिएपछि ठगी प्रकरण बाहिरिएको थियो। 

पीडित चौधरीले रकम मागेपछि ऋण लिएको भन्दै कपाली तमसुक बनाएको बताउँदै प्रहरीमा जाहेरी लिएर गएका थिए । प्रहरीले जाहेरी दर्ता गर्न नमोपछि हुलाक मार्फत जाहेरी पठाइएको थियो। 

हुलाकमार्फत पठाएको जाहेरी पनि दर्ता नभएपछि पीडित चौधरी रिट लिएर उच्च अदालत विराटनगर पुगेका थिए। 

उक्त रिटमा गत भदौ ३१ गते उच्च अदालत विराटनगरका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले पोखरेलविरुद्ध ठगी मुद्दामा परेको जाहेरी दरखास्त दर्ता गरेर आवश्यक कारवाही अघि बढाउन आदेश दिएपछि मात्र अनुसन्धान शुरु भएको थियो।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, पुस २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्