Kathmandu Press

पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा एमालेको जोड

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन्।
पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा एमालेको जोड

काठमाडौं, पुस २२ : एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन्। 

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन्।

‘सोमबार पनि पार्टी अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथि छलफल जारी रह्यो। मुलतः सरकारको प्रभाबकारीता र पार्टी निमार्णमा देखीएका समस्याको समाधानमा जोड दिइरहनुभएको छ,’ उनले भने, ‘पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको छ।’

उनले आफ्नो इच्छा पूरा गर्नको निम्ती विभिन्न स्वार्थ समुहहरु बनाएर पार्टीको नेतृत्व विर्गान नहुने बताए। उनले एमाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए।
 
प्रकाशित मिति: १७:२४ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्