Kathmandu Press

बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले झिकायो ‘कैफियत प्रतिवेदन’ 

सर्वोच्चमा भएको सुनुवाईपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन भएको आदेशसहितको कैफियत प्रतिवेदन झिकाउन आदेश भएको हो। 
बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले झिकायो ‘कैफियत प्रतिवेदन’ 

काठमाडौं, पुस २२ : सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा सोमबार कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ। 

सर्वोच्चमा भएको सुनुवाईपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउन भएको आदेशसहितको कैफियत प्रतिवेदन झिकाउन आदेश भएको हो। 

काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि थापाले सर्वोच्चमा निवेदन दिएका थिए। 

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापाको हकमा उच्च अदालतबाट कैफियत प्रतिवेदन मगाएकोहो । नक्कली भुटानी शरणार्थी प्रकरणमा बाबु गृहमन्त्री हुँदा प्रतीक बिचौलियाको भूमिकामा रहेको अभियोग छ। 

मुद्दा दायर भएपछि थापा पक्राउ परेका थिए। धरौटीमा रिहा हुन पाउनुपर्ने माग गर्दै थापा सर्वोच्च पुगेका हुन्। 

काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशलाई गत पुस १ गते उच्च अदालत पाटनले पनि सदर गरेको थियो। प्रतिक आफ्ना बाबु बादल गृहमन्त्री भएका बेला स्वकीय सचिव समेत थिए। 

भुटानी शरणार्थी प्रकरणका पीडित प्रेमराज पन्थीले अमेरिका जान प्रतिकलाई एक करोड रुपैयाँ घुस खुवाएको भन्दै जाहेरीमा पोलेपछि मुद्दा चmेको थियो। 

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्