Kathmandu Press

समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमै फर्किए

चेपाङलाई एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका छन्। 
समाजवादीका केन्द्रीय सदस्य चेपाङ एमालेमै फर्किए

काठमाडौं, पुस २२ : नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ  नेकपा एमालेमै फर्किएका छन्।

चेपाङलाई एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले खादा लगाएर पार्टी प्रवेश गराएका छन्। 

चेपाङ एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सह इञ्चार्ज’को जिम्मेवारीमा थिए। उनी एमालेमा रहँदा मकवानपुरबाट संविधानसभा सदस्य समेत थिए।
 
प्रकाशित मिति: १७:०७ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्