Kathmandu Press

राज्य व्यवस्था समितिमा वर्तमान र पूर्व सभापतिबीच नोकझोक

समितिको सोमबारको बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाबीचैमा बोलेपछि दुईजनाबीच भनाभन भएको हो। स
राज्य व्यवस्था समितिमा वर्तमान र पूर्व सभापतिबीच नोकझोक

काठमाडौं, पुस २२ : राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र सोही समितिका पूर्वसभापति हृदयराम थानीबीच भनाभन् भएको छ। 

समितिको सोमबारको बैठकमा सांसद थानी बोलिरहेको बेला सभापति खतिवडाबीचैमा बोलेपछि दुईजनाबीच भनाभन भएको हो। समितिमा रहेका उजुरीहरूमा छलफल भइरहेको समयमा समिति सभापति खतिवडाले सांसद थानीलाई बोल्न भन्दै समय दिएका थिए। 

लामो समयदेखि थन्किएका विधेयकलाई कसरी कानुनको रूप दिने भनेर आफ्ना धारणा राख्नेक्रममा सांसद एवम् समितिका पूर्व सभापति थानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक संसदीय समितिमै ‘आईसीयू’ पुगेको बताए। 

Hardik ivf

थानीको संयोजकत्वमा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकलाई टुंगोमा पु¥याउन उपसमिति समेत गठन गरिएको छ। 

थानीले आफ्नो भनाई सक्न नपाउँदै सभापति खतिवडाले बीचमा कुरा काट्दै विधेयक आईसीयूमा नपुगेको दाबी गरे। खतिवडा बीचमै बोलेर आफुलाई बोल्न नदिएको भन्दै सांसद थानी रिसाउँदै आक्रोसित बने। 

खतिवडाले प्रतिबाद गर्दै बीचमै बोलेपछि सांसद थानी आक्रोशित बनेका थिए । समितिमा परेका उजुरीका सम्बन्धमा चलिरहेको छलफलमा सांसद थानी भने आफ्नै पालोमा बोलिरहेका थिए। 

थानीले भनेका थिए, ‘विधेयकहरु यसरी अड्काएर राख्नुहुँदैन। भ्रष्टाचार (अख्तियार) सम्बन्धी एउटा विधेयक आईसीयूमा गएको छ।’
थानीले बोल्दाबोल्दै सभापति खतिवडाले विचैमा प्रतिबाद गरेपछि भनाभन्को अवस्था आएको थियो । त्यसपछि सांसद थानीले आक्रोशित हुँदै नबोल्ने भनेर माइक बन्द गरे। 

अघिल्लो बैठकमा पनि यही विषय उठाउँदा सभापति खतिवडाले आफूलाई बोल्नबाट रोकेको भन्दै थानीले माईक बन्द गरेका थिए। आक्रोशित हुनेक्रममा कांग्रेसका सांसद थानीले आफू पहिले नै यही समितिको सभापतिको कुर्सीमा बसिसकेको स्मरण पनि गराएका थिए। 

बोल्न नपाएर रिसाएका थानीले सभापति खतिवडालाई भने ‘तपाईं नै जान्नेसुन्ने, तपाईं नै बोल्नुहोस् ।’ त्यसपछि भने खतिवडाले केही जवाफ दिएनन्। 

प्रकाशित मिति: १७:०२ बजे, सोमबार, पुस २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्