Kathmandu Press

बन्दाबन्दीकै बीच बालाजु बाइपास सडक मर्मत

काठमाडौं, वैशाख १२ : बन्दाबन्दीका कारण रोकिएको बालाजु बाइपास क्षेत्रमा सडक सुधारको काम थालिएको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सामाजि....

बन्दाबन्दीकै बीच बालाजु बाइपास सडक मर्मत
फाइल फोटो

काठमाडौं, वैशाख १२ : बन्दाबन्दीका कारण रोकिएको बालाजु बाइपास क्षेत्रमा सडक सुधारको काम थालिएको छ। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सामाजिक दूरी कायम गर्दै सडक मर्मतको काम थालिएको बताए। 'जनताको जीवनरक्षाका लागि सरकारले अथक प्रयास गरिरहेको छ,' उनले भने।

गत चैत १० गतेदेखि निर्माण रोकिएका सडक आयोजनाको काम स्थानीय प्रसाशनको अनुमतिमा थालनी भएको हो। स्थलमा पुगेर फर्किएका राज्यमन्त्री मानन्धरले लकडाउनको समय सदुपयोग र व्यवस्थापनसहित काम थालनी गरिएको जानकारी दिए। 

मजदुरले काम पनि पाउने र विकाससँगै आर्थिक गतिविधि पनि चलायमान हुने भएकाले भीडभाड नहुने गरी काम थालनी गरिएको उनको भनाइ छ। यसअघि नै काम शुरु भएर रोकिएका स्थानमा काम थालनी गरिएको जानकारी दिँदै मूल सडकमा हुने काम भने केही दिनभित्रै सहजीकरण गरिने मानन्धरले बताए।

प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्