‘कान्ति बाल अस्पतालमा व्यवस्थापकीय पक्ष कमजोर छ’
मन्त्री पौडेलले उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए।काठमाडौं, पुस २२ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालमा व्यवस्थापकीय पक्ष कमजोर रहेको बताएका छन्।
सोमबार कान्ति बाल अस्पताल ६३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले व्यवस्थापकीय पक्षमा अनियमित त्रुटि रहेको बताएका हुन्।
‘कान्ति बाल अस्पतालमा राम्रो उपचार हुन्छ यो सत्य हो। यहाँका जति पनि टिकाटिप्णी बाहिर भइरहेको हुन्छन् त्यो सबै सत्य होइन। यसमा व्यवस्थापकीय पक्षमा त्रुटि छ,’ उनले भने, ‘यसमा आवश्यक पर्ने जनशक्ति उपलब्ध छैन। उपकरण उपलब्ध छैन। भौतिक पूर्वाधार व्यवस्थित छैन। यहाँ काम गर्नेहरुले अन्तजती सेवा सुविधा प्राप्त गर्नु भएको छैन।’
उनले भौतिक पूर्वाधार उपलब्ध गराउन मन्त्रालय तयार भए पनि राज्यसँग क्षमता नभएको बताए।
मन्त्री पौडेलले उपलब्ध स्रोत साधनभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ त्यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए।