Kathmandu Press

मधेस प्रदेशका सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

कृषिसम्बन्धि अनुदानमा अनियमितता गरेको आरोपमा प्रहरीले मधेस प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालिन सचिव डा.नम्रता सिंहसहित आठ जना विरुद्ध मुद्धा दायर गरेको हो।
मधेस प्रदेशका सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

काठमाडौं, पुस २२ : मधेस प्रदेशका सचिवसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

कृषिसम्बन्धि अनुदानमा अनियमितता गरेको आरोपमा प्रहरीले मधेस प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालिन सचिव डा.नम्रता सिंहसहित आठ जना विरुद्ध मुद्धा दायर गरेको हो।

सचिव सिंहसहित कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रमका संयोजक शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, अविनास कुमार झा, सहलेखापाल ब्रजेश कुमार साह, पशु चिकित्सक रंजित कुमार अधिकारी र मधेस प्रदेशका कृषि अर्थविद् विकास कुमार साहविरुद्ध मुद्दा दायर परेको हो। 

अनुदान लिने महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्मका सञ्चालक लक्ष्मी नारायण यादबविरुद्ध पनि मुद्दा दायर भएको छ। 

कृषि पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम अन्र्तगत सो फर्मलाई गैरकानुनी रुपमा छनोट गरिएको र सम्झौता अनुरुप काम नभई नक्कली कागजपत्रका आधारमा भुक्तानी दिइएको अख्तियारको दाबी छ।

कृषि औजार आयात गरिएको भनेर भन्सार प्रज्ञापनपत्र समेत नक्कली बनाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । 

प्रकाशित मिति: १४:०४ बजे, सोमबार, पुस २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्