‘सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्या हुन्’
उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए।-(1)-1736149078.png)
काठमाडौं, पुस २२ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीका विषयमा फिँजाइएको हल्ला मिथ्या भएको बताएका छन्।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १७अंैँ वार्षिक साधरणसभालाई सम्बोधन गर्दै उनले अब सहकारी चाहिँदैन भन्नेहरुलाई चुनौती दिनको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने महसुस गराउने गरी काम गर्नुपर्ने बताए।
‘अहिले सहकारीहरू एउटै खाले हुन्, सहकारी ठिक छैनन्, अब सहकारी चाहिँदैन् भन्ने एउटा तप्का छ। तिनिहरुलाई चुनौती दिनको लागि र सहकारी ठिक छन्, वास्तबिक जनतासँग वा कृषिमा आधारित र भोलि जनताको जीवनस्तर उकास्ने ठाउँ भनेको सहकारी हो भन्ने बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने।
उनले सरकारले विभिन्न संघ संस्थाहरू र सहकारीलाई अपेक्षा गरे अनुसारको सहयोग गर्न नसकेको बताए। सबैले सरकारको मुख ताक्ने मात्र नभई आ–आफ्नो ठाउँबाट पनि पहल गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ।
मन्त्री अधिकारीले ऐन–कानुनहरू पुरानै हुँदा ति कानुनहरूले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेको गुनासो गरे।












