Kathmandu Press

धर्ना दिन सिंहदरबार पुगेका फणिन्द्र नेपाल पक्राउ

सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
धर्ना दिन सिंहदरबार पुगेका फणिन्द्र नेपाल पक्राउ

काठमाडौं, पुस २२ : ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालले निषेधित क्षेत्र तोड्न लागेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका थिए।

नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४  बजेसम्म सिंहरदरबारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए।
 
प्रकाशित मिति: १३:१२ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्