Kathmandu Press

भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या, डाइभर्ट गरी काठमाडौं नै फर्काइयो

सोमबार बिहान १०ः३८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको 9NAJS विमानमा समस्या देखिएपछि डाइभर्ट गरी काठमाडौंमा नै सकुशल अवतरण गरिएको छ।
भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या, डाइभर्ट गरी काठमाडौं नै फर्काइयो
फाइल तस्बिर।

काठमाडौं, पुस २२ : काठमाडौंबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। 

सोमबार बिहान १०ः३८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको 9NAJS विमानमा समस्या देखिएपछि डाइभर्ट गरी काठमाडौंमा नै सकुशल अवतरण गरिएको छ।

विमानको दायाँ इन्जिनमा समस्या देखिएको बताइएको छ। अहिले त्रिभुवन विमानस्थालमा प्राविधिकहरूले विमानको जाँच गरिरहेका छन्। 

बुद्ध एयरका अनुसार यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी भइरहेको छ। त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरेर विमान अवतरण गराइएको थियो।

प्रकाशित मिति: १२:०१ बजे, सोमबार, पुस २२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्