Kathmandu Press

सिङ्गापुरबाट ल्याइयो स्वास्थ्य सामग्री

काठमाडौं, वैशाख १२ : सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज शुक्रबार बिहान काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्....

सिङ्गापुरबाट ल्याइयो स्वास्थ्य सामग्री

काठमाडौं, वैशाख १२ : सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज शुक्रबार बिहान काठमाडौँ आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टेमासेक फाउण्डेशनको स्वास्थ्य सामग्री लिएर श्रीको कलसाइन नाइनएन एएमबी सिआरजे ७०० जहाज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

बिहीबार बिहान सिङ्गापुर प्रस्थान गरेको श्रीको जहाज हिजै साँझ फर्कने तालिका रहे पनि प्रतिकूल मौसमका कारण आज फर्किएको हो। निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो।
 
कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जहाजले सरकारी ५० केजी र कमर्सियल कार्गो ११९ केजी स्वास्थ्य सामग्री ल्याएको छ। यी दुवै सामग्री निजी क्षेत्रले स्वास्थ्य मन्त्रालयका लागि ल्याएको हो। ती सामग्री केही बेरअघि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ।

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्