Kathmandu Press

पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते

जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया बृद्धा दुर्गा देवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते

काठमाडौ, पुस २२ : पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक बृद्धाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीया बृद्धा दुर्गा देवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो । सोही आगलागीमा परेर पीपलटारी स्थित तल्लो रोहोटेका घरधनी ५२ वर्षीय ध्रुब रेग्मी र तिला रेग्मी घाइते भएकावार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिए । 

Hardik ivf

ग्यास सिलिन्डर परिवर्तन गर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा चिया पिउने दूधलिन रेग्मीको घरमा गएकी ७३ वर्षीया बृद्धा दुर्गा देवी पौडेलको जलेर घटनास्थलमै मृत्यु बताइएको छ । उक्त आगलागीमा परेर गम्भीर घाइते भएका घरधनी ५२ वर्षीय रेग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी लगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: ०८:०४ बजे, सोमबार, पुस २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्