Kathmandu Press

नेकपा एमालेको बैठक आज पनि बस्दै 

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । 
नेकपा एमालेको बैठक आज पनि बस्दै 

काठमाडौं, पुस २२ : सत्तारूढ दल नेकपा एमालेको हिजो (आइतबार) सुरु भएको केन्द्रीय कमिटीे बैठक आज पनि जारी रहने छ । 

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् । 

Hardik ivf

बैठकमा अध्यक्ष ओलीले  समसामयिक राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे  ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

हिजो पहिलो दिनको बैठकमा २७ जना सदस्यले धारणा राखेका छन् ।

प्रकाशित मिति: ०७:४९ बजे, सोमबार, पुस २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्