Kathmandu Press

एमाले केन्द्रीय कमिटीले गर्‍यो तीन नेतामाथि गरेको कारबाही अनुमोदन 

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले कारबाहीमा परेका तीन नेताहरूको निर्णय अनुमोदन गरेको छ ।
एमाले केन्द्रीय कमिटीले गर्‍यो तीन नेतामाथि गरेको कारबाही अनुमोदन 

काठमाडौं, पुस २१ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले कारबाहीमा परेका तीन नेताहरूको निर्णय अनुमोदन गरेको छ ।

एमालेले यसअघि पार्टीका पूर्वउपाध्यक्ष समेत रहेका नेता डा.भीम रावललाई निष्कासन गर्ने निर्णय गरेको थियो भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे तथा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो।

केन्द्रीय कमिटी बैठकले एमाले नेतृद्वय पाण्डे तथा तिम्सेनाको कारबाही फिर्ता लिने अनुमान गरिएको थियो । उनीहरुलाई ६ महिनाका लागि गरिएको निलम्वन कायम हुने भएको छ । 

यसैबीच, एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम सुरु भएको छ।

आइतबार अध्यक्ष ओलीको प्रतिवेदनमाथि २७ केन्द्रीय सदस्यले धारणा राखेका छन्।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम भोलिसम्म चल्ने भएको छ । बैठकले समसामयिक प्रस्ताव तयार गर्न बहस नोट कमिटी तय गरेको छ । उक्त कमिटीमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त, खगराज अधिकारी र राजेन्द्र गौतम रहेको प्रस्ताव मस्यौदा कमिटी र पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय कमिटी सदस्यहरू निरज आचार्य र विष्णु रिजाल छन् । 

बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकयता पोलिटब्युरो र केन्द्रीय सचिवालय बैठकबाट भएका निर्णयहरू सर्वसम्मतिले अनुमोदन गरिएको छ। अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ । 

 

प्रकाशित मिति: १९:५९ बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्