Kathmandu Press

भारतबाट लुकीछिपी प्रवेश गरेकालाई क्वारेन्टाइनमा

जनकपुरधाम, वैशाख १२ : प्रदेश नं २ बाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका कामदार बन्दाबन्दी भएपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढदै गएको छ। प....

भारतबाट लुकीछिपी प्रवेश गरेकालाई क्वारेन्टाइनमा
Hardik ivf

जनकपुरधाम, वैशाख १२ : प्रदेश नं २ बाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका कामदार बन्दाबन्दी भएपछि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढदै गएको छ। प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका अनुसार सीमामा सुरक्षार्माीको उच्च निगरानी रहेता पनि लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन। सचिव डा रामप्रसाद घिमिरेले लुकीछिपी नेपाल प्रवेश गरेकालाई स्थानीय तह, नागरिक र सुरक्षाकर्मीको पहलमा क्वारेन्टाइनमा राख्ने कार्यलाई तीव्रता दिइएको छ।

सोअन्तर्गत प्रदेशका आठ जिल्लामा एक हजार १४० जनालाई क्वारेन्टाइनमा राखी कोरोनाको निगरानी भइरहेको जनाइएको छ। मन्त्रालयका अनुसार पर्सा  र सर्लाहीमा लुकीछिपी प्रवेश गर्नेको संख्या अधिक देखिएको छ। पर्सा जिल्लामा  ३४३ र सर्लाही जिल्लामा ३३३ लुकीछिपी प्रवेश गरेकोमा सबैलाई क्वारेन्टाइनमा राखिएको छ। त्यस्तै सिरहामा १५४,  महोत्तरीमा १५०, सप्तरीमा १४५, धनुषामा ९१ र बारामा ८३ जना प्रवेश गरेकालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, वैशाख १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्