Kathmandu Press

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

दुई अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी सहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दताए गरिएको हो।
रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

काठमाडौं, पुस २१ : सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

दुई अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी सहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दताए गरिएको हो।

रवि लामिछाने र गोरखा मिडियाका सञ्चालक जीबी राई विरुद्ध मात्र पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस १८ गते स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन माथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको थियो।

प्रकाशित मिति: १५:५४ बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्