Kathmandu Press

राजावादीसँग माओवादीको बाक्लो उठबस रहेको ओलीको आरोप 

प्रतिवेदनमा माओवादी सरकारबाट बाहिरिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै तीव्र रोष समेत प्रकट गरिएको छ। 
राजावादीसँग माओवादीको बाक्लो उठबस रहेको ओलीको आरोप 

काठमाडौं, पुस २१ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अवसरवादी रहेको आरोप लगाउँदै राजाबादीसँग उठबसरहेका आरोप लगाएका छन्।

आइतबार सुरु भएको एमालेको आठौं केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले माओवादीलाई उक्त आरोप लगाएका हुन्। 

Hardik ivf

प्रतिवेदनमा माओवादी सरकारबाट बाहिरिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै तीव्र रोष समेत प्रकट गरिएको छ। 

‘आज माओवादी–केन्द्र एक वर्ष अगाडि आफ्नै प्रदेशसभा सदस्यहरूको समेत सहभागितामा नामाकरण गरिएको ‘कोशी’ को विरुद्ध उग्र समूहहरूसँग मोर्चाबन्दी गरिरहेको छ। ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पु¥याउन उद्दत देखिएको छ। पूर्वराजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको छ,’ ओलीको प्रतिवेदनमा उल्लेख छ। 

प्रधानमन्त्री समेत रहेका ओलीले बंगलादेशको सत्तापलट प्रकरणमा प्रचण्डले गैर–कूटनीतिक र अशोभनीय टिप्पणी गरेको समेत बाएका छन्। दाहालले नेपालको सन्दर्भ जोड्दै बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई त्यहाँका जनताले सत्ता छोड्न बाध्य बनाएको बताएका थिए। 

ओलीले उक्त भनाई राजनीतिक अवसरवादको भद्दा नमूना रहेको औंल्याएका छन्। माओवादी केन्द्रमा वैचारिक विचलन आएको टिप्पणी समेत प्रतिवेदनमा गरिएको छ । माओवादी केन्द्र सरकारमा रहँदा आफैले कारबाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको पनि प्रतिवेदनमा उल्लेख छ। 

‘प्रधानमन्त्रीको चीन भ्रमण र हिजो आफ्नै कार्यकालमा भएको सम्झौतालाई समेत विवादित बनाउन उद्दत देखिएको छ । यी घटनाक्रमहरू माओवादी केन्द्रमा गहिरिँदै गरेको वैचारिक विचलन, राजनीतिक अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु परेका पीडाका अभिव्यक्ति हुन्,’ ओलीले प्रतिवेदनमा लेखेका छन्।

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्