Kathmandu Press

के छ ओलीको राजनीतिक प्रतिवेदनमा? [पूर्णपाठ]

प्रतिवेदनमा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै संकट पार्ने स्थितिलाई बोध गर्दै कांग्रेस–एमालेबीच सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। 
के छ ओलीको राजनीतिक प्रतिवेदनमा? [पूर्णपाठ]

काठमाडौं, पुस ३२ : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

आजबाट च्यासलस्थित एमाले मुख्यालयमा सुरु भएको बैठकलाई सम्बोधन गरेपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। 

Hardik ivf

बैठकमा अहिले सोही राजनीतिक प्रतिवेदनमा माथि छलफल चलिरहेको छ। प्रतिवेदनमाथि बोल्न ३ मिनेटको समय दिइएको छ। 

प्रतिवेदनमा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै संकट पार्ने स्थितिलाई बोध गर्दै कांग्रेस–एमालेबीच सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन्। 

‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरू विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिष्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौं,’ प्रतिवेदनमा भनिएको छ। 

हेर्नुहोस् प्रतिवेदनको पूर्णपाठ

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्