Kathmandu Press

‘देशभक्त र प्रगतिशील शक्ति बलियो हुँदा प्रतिक्रियावादीहरू आतंकित भएका छन्’

एमालेको केन्द्रीय कमिटीको आठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको बताए।
‘देशभक्त र प्रगतिशील शक्ति बलियो हुँदा प्रतिक्रियावादीहरू आतंकित भएका छन्’

काठमाडौं, पुस २१ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरू बलियो भएका कारण मुलुकका प्रतिक्रियावादीहरु आतंकित भएको बताएका छन्।

आजदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको आठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुठा प्रचारमा लागेको बताए।

Hardik ivf

एमालेको लोकप्रियता देखेर यसको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरु लागेकाले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न ओलीले नेता, कार्यकर्तालाई आग्रह गरे।

‘हामी विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। चुप लागेर बस्नुपर्छ भन्ने कमजोर धारणा हो। विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्छ। हाम्रा सबै संगठनहरू उत्साहित भएर व्यक्ति व्यक्ति र घर घरमा पुग्नुपर्छ। वैचारिक कामलाई उत्तिकै महत्व दिनुपर्छ,’ अध्यक्ष ओलीले भने।

बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठकाे राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली कांग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, यस गठनबन्धनपछिका छ महिना, अस्थिरता, अराजकता र प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माणलगायत विषय समावेश छन्।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्