Kathmandu Press

लामिछानेविरुद्धको थुनछेक बहसमा सहकारी पीडितलाई रोक

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतका प्रतिबादीको सुनुवाई चलिरहेका बेला पीडितलाई इजलासमा सुनुवाईमा जानबाट रोकिएको हो। 
लामिछानेविरुद्धको थुनछेक बहसमा सहकारी पीडितलाई रोक

कास्की, पुस २१ : कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका प्रतिवादीमाथिको थुनछेक बहसको सुनुवाईमा पीडितलाई रोक लगाइएको छ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायतका प्रतिबादीको सुनुवाई चलिरहेका बेला पीडितलाई इजलासमा सुनुवाईमा जानबाट रोकिएको हो। 

Hardik ivf

रास्वपाका सभापति लामिछानेको सुनुवाईमा रास्वपा नेता–कार्यकर्ता भने थुनछेक बहस सुन्न इजलासमा भरिभराउ हुने गरेका छन्। आइतबार सहकारी पीडित पनि बहस सुन्नका लागि कास्की अदालत पुगेका थिए। पीडितलाई गेटमा तैनाथ सुरक्षाकर्मीले भित्र प्रवेश गर्न रोकेका छन्।

सहकारी पीडितलाई गेटमै रोकेपछि आक्रोशित उनीहरुले रास्वपा समर्थकलाई पनि इजलासबाट बाहिर निकाल्न माग गरेका थिए। अदालतभित्र प्रवेश नदिएपछि केही समय गेटबाहिर सडकमा बसेर पीडितले विरोध गरेका थिए। अहिले प्रहरीले त्यहाँबाट पनि पीडितलाई हटाएको छ।


 

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्