Kathmandu Press

भारतमा एकैदिन १७ सयमा कोरोना, मुम्बईमा ७० हजार पुग्ने

काठमाडौं, वैशाख १२ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेको छ। गत २४ घन्टामा मात्रै एक हजार सात सयभन्दा बढी संक्रमित थपिएका छन्।

भार....

भारतमा एकैदिन १७ सयमा कोरोना, मुम्बईमा ७० हजार पुग्ने

काठमाडौं, वैशाख १२ : भारतमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढेको छ। गत २४ घन्टामा मात्रै एक हजार सात सयभन्दा बढी संक्रमित थपिएका छन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, गत २४ घन्टामा एक हजार सात सय ५६ जनामा कोरोना देखिएको हो। यो भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ७७ पुगेको छ।

अहिलेसम्म भारतमा कोरोनाबाट सात सय १८ जनाको मृत्यु भएको छ। त्यस्तै, चार हजार सात सय ४९ जना निको भएका छन् भने १७ हजार ६ सय १० जनाको उपचार भइरहेको छ।

अहिलेसम्म सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएका छन्। गत २४ घन्टामा मात्रै सात सय ७८ जना नयाँ संक्रमित थपिएका छन्।

महाराष्ट्रमा संक्रमितको संख्या ६ हजार चार सय ३० पुगेको छ। अहिलेसम्म दुई सय ८३ जनाको मृत्यु भएको छ।

एक अध्ययनअनुसार, मुम्बईमा संक्रमितको संख्या अत्यधिक हुने जनाएको छ। मे महनिाको अन्त्यसम्म मुम्बईमा ७० हजार संक्रमित पुग्ने प्रक्षेपण गरिएको छ। जसका आधारमा मुम्बईमा कोरोना संक्रमितको उपचारका लागि तीन हजार सय्या तयार गर्न लागिएको छ।

महाराष्ट्रपछि गुजरातमा कोरोनाको संक्रमण धेरै देखिएको छ। गुजरातमा दुई हजार ६ सय २४ जना संक्रमित भएका छन भने एक सय १२ जनाको मृत्यु भएको छ।

त्यस्तै, दिल्लीमा दुई हजार तीन सय ७६, राजस्थानमा एक हजार नौ सय ६४, मध्यप्रदेशमा एक हजार ६ सय ९९, तमिलनाडुमा एक हजार ६ सय ८३ जनामा संक्रमण देखिएको छ।

नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा पनि संक्रमण बढ्दै गएको छ। उत्तर प्रदेशमा एक हजार पाँच सय १०, पश्चिम बंगालमा पाँच सय १४, बिहारमा एक सय ५३ र उत्तराखण्डमा ४७ जनामा कोरोना देखिएको छ।

प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्