Kathmandu Press

पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य हुँदैन : ओली

‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ,’ उनले भने, ‘विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। तथ्यका आधारमा खण्डन गर्नुपर्छ।’
पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य हुँदैन : ओली

काठमाडौं, पुस २१ : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले ४३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका हुन्। 

राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन्। लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई बलियो नबनाउने बताउँदै बहकावमा लागेर होइन, पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर अगाडि बढ्नु पर्नेमा जोड दिए। 

ओलीले पार्टीका आन्तरिक विषय सार्वजनिक खपतका लागि प्रस्तुत नगर्न आग्रह पनि गरे। यस्ते, उनले पार्टीविरुद्धका आरोपहरूको खण्डन गर्न पनि आग्रह गरेका छन्। 

‘पार्टीलाई विभाजन गरेर वा सिध्याइयो भनेर लड्डु खाएका कतिपय नेताहरूलाई अहिले लड्डु ओकल्नुपरेको छ,’ उनले भने, ‘विरोधीका आरोपमाथि चुप लागेर बस्नु हुँदैन। तथ्यका आधारमा खण्डन गर्नुपर्छ।’

देशभक्त, प्रगतिशील र जनवादी शक्तिहरु मजबुद भएका कारण मुलुकका प्रतिक्रियावादी शक्तिहरु आतंकित भएको उनले बताएका छन्। 

एमालेको लोकप्रियता देखेर लोकप्रियता घटाउन र बदनाम गर्न विरोधीहरू लागेको बताउँदै उनले पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुठा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरे।

प्रकाशित मिति: १३:५६ बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्