Kathmandu Press

माओवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दिउँसो धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति, प्रभावकारी र र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल केन्द्रीत रहेको प्रवक्ता अग्नीप्रसाद सापकोटोले जानकारी दिए। 
माओवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा

काठमाडौं, पुस २१ : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा केन्द्रीय समितिको बैठकका एजेन्डबारे छलफल भएको छ। 

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दिउँसो धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई व्यवस्थति, प्रभावकारी र र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल केन्द्रीत रहेको प्रवक्ता अग्नीप्रसाद सापकोटोले जानकारी दिए। 

उनले भने,‘आज दिउँसोदेखि धुम्बाराहीमा बस्ने केन्द्रीय समितिको बैठकलाई  व्यवस्थति प्रभावकारी र सार्थक उपलब्धीमुलक बनाउने कुरामा छलफल गरेको छ।’ 

उनका अनुसार केन्द्रीय समितिको बैठक अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्दै समसामयिक परिस्थितिबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि प्रदेश अध्यक्षहरुले रिर्पोटिङ गर्नेछन्। प्रदेश अध्यक्षको रिर्पोटिङ सकिएपछि प्रचण्डले राजनीतिक प्रस्ताव पेस गर्नेछन्। 

‘अध्यक्षले बैठकको उद्घाटन गर्नुहुने छ। उद्घाटनका क्रममा नै उहाँले अहिलेको समसामहिक परिस्थितिबारे ब्रिफिङ गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि प्रदेशका सबै अध्यक्षहरुले रिर्पोटिङ गर्नुहुनेछ । त्यो सकिएपछि अध्यक्षले राजनीतिक प्रस्ताव पेस गर्नुहुनेछ।’ 
 
प्रकाशित मिति: १३:०५ बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्