Kathmandu Press

सिमराबाहेक तराईका सबै विमानस्थल खुला

धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटारको भिजिबिलिटी साढे १२ बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको हो। 
सिमराबाहेक तराईका सबै विमानस्थल खुला

काठमाडौं, पुस २१ : सिमरा विमानस्थल बाहेक तराई क्षेत्रका सबै विमानस्थल भर्खरै खुलेका छन्।

पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान हुन सकेको छैन। 

धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटारको भिजिबिलिटी साढे १२ बजे उडान तथा अवतरणका लागि पर्याप्त भएको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत विमानस्थलमा भने साढे ११ बजेतिर उडान सुरु भएको थियो।
 
प्रकाशित मिति: १३:२८ बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्