Kathmandu Press

अस्थिरतामा रमाउन चाहने तत्व अझै सक्रिय छ : एमाले

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय समिति बैठकमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय रहेको उल्लेख गरेको छ।
अस्थिरतामा रमाउन चाहने तत्व अझै सक्रिय छ : एमाले
फाइल तस्बिर।

काठमाडौं, पुस २१ : नेकपा एमालेले अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय रहेको जनाएको छ। 

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी केन्द्रीय समिति बैठकमा राष्ट्रिय राजनीतिक परिस्थिति सहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदनमा दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधिकारिकता हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय रहेको उल्लेख गरेको छ।

प्रतिवेदनमा संक्षिप भनिएको छ,-‘दुई ठूला दल सम्मिलित सरकारसँग वैधता र आधाकिारिकता (लिगालिटी र अथोरिटी) दुवै हुँदाहुँदै पनि अझै पनि अस्थिरतामा रमाउन चाहने तत्व सक्रिय छ।’ 

सत्ता समीकरण फेरबदलको पूर्व सन्धामा बसेको केन्द्रीय कमिटीको सातौं बैठकपछि फेरी नयाँ सत्ता समीकरण फेरियो। स्थिरताको लागि भएको यस राजनीतिक घटनापछि स्थानीय तहका केही स्थानमा उपनिर्वाचन समेत सम्पन्न भयो। 

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाको जानकारी र विगतको निर्णयहरु जानकारी गराउनुका साथै अनुमोदन गराउने कार्यसूची रहेको छ। 
 

प्रकाशित मिति: १३:०० बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्