Kathmandu Press

रास्वपाले गठन गर्‍याे संविधान परिमार्जन सुझाव कार्यदल

आइतबार रास्वापले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो। 
रास्वपाले गठन गर्‍याे संविधान परिमार्जन सुझाव कार्यदल

काठमाडौं, पुस २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको छ। 

आइतबार रास्वापले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो। 

कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने जनाएको छ। 

कार्यदलमा कान्तिशिखा धिताल, डा.नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डा.तोसिमा कार्की, डा.अच्युतम लामिछाने र मेघ आले रहेका छन। 

कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहने जनाएको छ।
 
प्रकाशित मिति: १२:४४ बजे, आइतबार, पुस २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्