प्रतिकूल मौसमका कारण उडान प्रभावित
काठमाडौं , भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अधिकांश विमानस्थलमा आइतबार बिहानबाट उडान हुन सकेको छैन।
काठमाडौं, पुस २१ : प्रतिकूल मौसमका कारण देशका विभिन्न विमानस्थलमा हवाइ सेवा प्रभावित भएको छ।
आइतबार खराब मौसमले भिजिबिलिटी कम भएको कारण उडान प्रभावित भएको हो।
काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालनमा छ।
काठमाडौं बाहिरका भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अधिकांश विमानस्थलमा आइतबार बिहानबाट उडान हुन सकेको छैन।
विशेष गरी तराईमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कमजोर भएर उडान नभएको नेपाल वायु सेवा निगमले जनाएको छ।
प्रकाशित मिति: १२:२९ बजे, आइतबार, पुस २१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












