Kathmandu Press

मुगुका स्थानीय तहमा भोटे र नेपाली भाषाका पाठ्यपुस्तक 

नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई जिम्मा दिए अनुसार मुगमकामारो गाँउपालिकामाले भोटे र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सञ्चालनमा ल्याएको हो। 
मुगुका स्थानीय तहमा भोटे र नेपाली भाषाका पाठ्यपुस्तक 

मुगु, पुस २१ : मुगुमा रहेको एक नगरपालिका र तीन गाँउपालिका गरी चार स्थानीय तह मध्य बौद्ध (भोटे) समुदायको बाक्लो बसोबासलाई मध्यनजर गर्दै स्थानीय विद्यालयहरुमा भोटे र नेपाली पाठ्यक्रम लागू गरिएको छ।

नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई जिम्मा दिए अनुसार मुगमकामारो गाँउपालिकामाले भोटे र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सञ्चालनमा ल्याएको हो। 

पालिकामा ९० प्रतिशत बौद्व(लामा)धर्मावलम्बी र १० प्रतिशत हिन्दुहरुको वाहुल्यता रहेकाले १७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको पठनपाठनमा सहजताको लागि स्थानिय खस नेपाली भाषा र बौद्व (लामा) भाषामा पाठ्यक्रम तयार गरेको हो। 

Hardik ivf

यसमध्ये कक्षा २ र ३ को पाठ्यपुस्तक निर्माणको तयारी भइरहेको छ । नेपाली भाषा पढ्न समस्या भएको सुनाउँदै स्थानीय विद्यार्थी छेन्डेल्मा लामाले भोटे भाषाका कारण हाललाई सहज भएको बताइन्। 

पालिकामा खसान र भोटेहरुको बसोबास भएकाले भोटे समूदायका बच्चाहरुलाई नेपाली भाषा पठनपाठनमा समस्या आउने गरेको स्थानीय अभिभावकहरुको भनाइ छ।

हिन्दु र बौद्व धमालम्वीहरुको भूगोल, कला, संस्कृति, जडिबुटी, स्थानीय रैथाने अन्नबाली, भेषभुषा, इतिहास, भाषा, धर्म, स्वास्थ्य, सरसफाई, पर्यावरण, पेसा–व्यवसाय, विपद् व्यवस्थापन तथा जीवनउप योगी सीप समेटेर हिन्दु र बौद्व भाषामा पाठ्यक्रम निर्माण गरिएकाले पढ्नलेख्न निकै सहज भएको अभिभावक ठिल्ले लामाले बताए।  

गाँउपालिका र करानी सामुदाय बिकास केन्द्र नामक सस्थाको पहलमा कक्षा एकको स्थानीय नेपाली भाषा र बौद्व भाषामा पाठ्यपुस्तक निर्माण गरी विद्यालयमा संन्चालनमा आएपछि हिलो आज कक्षामा पढाउन र लेखाउन निकै सहज भएको शिक्षकहरु बताउँछन्। 

पालिका भित्रका भेषभूषा ,रितिरीवाजलाई समेटेर निर्माण गरिएको स्थानीय पाठ्य पुस्तकले मुगमकामारोङ्ख गाँउपालिकाको शिक्षा सुधारमा निकै ठूलो सहयोग पुग्ने माध्यमिक विद्यालयका माग्रीका प्रधानाध्यापक लग्नसिंह सेजुवालले बताए।

स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ कक्षासम्म सञ्चालन गर्ने नेपाल सरकारको नीति भएपनि पहलो चरणमा कक्षा १ को पाठ्यपुस्तक निर्माण गरी संचालनमा ल्याइएको र कक्षा २ र ३ को पुस्तक निर्माण अन्तिम चरणमा रहेको मुगमकामारोङ्ख गाँउपालिका शिक्षा शाखाका देबिसंना ठकुरीले बताइन्।

प्रकाशित मिति: ११:४८ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्