सर्वोच्च बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता पोखरेल निर्वाचित
उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल र महिला सदस्यमा शशि बस्नेत विजयी भए ।
काठमाडौं, पुस २१ : सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका लागि भएको चुनावमा पोखरेलले तीन सय ६८ तथा उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता महेश थापाले एक सय ८१ मत प्राप्त गरे ।
उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुनदेवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल र महिला सदस्यमा शशि बस्नेत विजयी भए ।
खुल्ला सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, पुरुषोत्तम लोहनी, प्रदीपकुमार राजवंशी र सतिशराज मैनाली विजयी भएका हुन् ।
कुल छ सय २६ मतदाता रहेको बारको नयाँ नेतृत्व चयनका लागि हिजो चुनाव भएको हो । सदस्य मैनालीबाहेक अरू सबै लोकतान्त्रिक समूहबाट निर्वाचित भए । मैनाली प्रगतिशिल समूहको हुन् ।









![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)


