Kathmandu Press

देशका एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली तथा बाँकी भागमा मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशका एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस २१ : काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली भएको छ । तराई, मधेसमा आज पनि हुस्सु र कुहिरो लागेको छ । 

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली तथा बाँकी भागमा मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

Hardik ivf

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार भोलि र पर्सि कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली हुनसक्ने अनुमान छ । केही दिनयता तराई, मधेसमा बढ्दो चिसोसँगै जनजीवन कष्टकर बन्न थालेको छ ।

मध्य पुसदेखि चिसो स्याँठ चलेकाले तराईरमधेसका जिल्लामा विशेषगरी विपन्न परिवार समस्यामा परेका छन् । उनीहरुलाई जाडोबाट जोगिन न्यानो लुगा, दाउरा तथा अरू आवश्यक व्यवस्थापन सामग्रीको अभाव छ । मजदुर, बालबालिका, वृद्धवृद्धा र गर्भवती धेरै प्रभावित बनेका छन् । कतिपयले आगो बालेर तातो बनाउने प्रयास गरिरहेका छन् ।

चिसोले सार्वजनिक ठाउँ, सडक, सरकारी कार्यालयमा सर्वसाधारणको चहलपहल कम हुँदै गएको छ । लगातारको चिसोले बिरामी हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने बिरामी बढेका मधेस प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक तथा बालरोग विशेषज्ञ डाक्टर जामुन सिंहले बताए । चिसोका बेला शरीरलाई न्यानो राख्न, खानपान र पहिरनमा ध्यान दिन उनको सुझाव छ ।

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, पुस २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्