Kathmandu Press

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

<....
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
फाइल फाेटाे

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

आज प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन्। सरकारले ल्याएका दुई अध्यादेशको व्यापक विरोध भएपछि आज आकस्मिक रुपमा बैठक बोलाएको जनाएको छ।

राजनीतिक दल फुटाउन सजिलो हुने गरि राजनीतिक दलसम्बन्धी र प्रमुख प्रतिपक्षी दलको नेता नहुँदा पनि निर्णय गर्नसक्ने गरि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। यसको नेकपाभित्र र बाहिर चर्को विरोध भइरहेको छ।

बिहीबार नेकपा सचिवालका ६ सदस्यको बैठकले पनि शुक्रबारसम्म अध्यादेश फिर्ता लिन माग गरेको थियो। त्यस्तै, नेकपा स्थायी समितिका २० सदस्यले यसबारे छलफल गर्न स्थायी समितिको बैठक बोलाउन माग गरि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका थिए।

यससँगै कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका विषयमा पनि मन्त्रिपरिषद् बैठकमा छलफल हुने जनाएको छ।

प्रकाशित मिति: १०:१९ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्