Kathmandu Press

एलिट कपको तयारी पुरा

४ टिम सहभागी हुने प्रतियोगिता वीरगञ्ज र जनकपुरधाममा हुनेछ। त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
एलिट कपको तयारी पुरा

धुनषा, पुस २० : लामो समयपछि दुई दिवसीय क्रिकेट प्रतियगिता जय ट्रफी पुरुष एलिट कप मधेश प्रदेशमा भोलिबाट सुरु हुँदैछ। 

४ टिम सहभागी हुने प्रतियोगिता वीरगञ्ज र जनकपुरधाममा हुनेछ। त्यसका लागि सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

एलिट कप वीरगञ्जको नारायणी क्रिकेट मैदान र जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। 

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशको सहभागिता रहने छन्। गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको शीर्ष चारमा रहँदै उनीहरुले एलिट कपमा स्थान बनाएका हुन्। 

प्रतियोगितामा सेतो जर्सी तथा रातो बलको प्रयोग हुन्। प्रतियोगिता लिग रचण दुई दिवसीय र फाइलन तीन दिवसीय हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नेपाली क्रिकेटको गर्विलो इतिहास बोकेको यस ‘जय ट्रफी’ लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनस्र्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले जानकारी दिए।
 

प्रकाशित मिति: २१:१४ बजे, शनिबार, पुस २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्