अहिले सत्तापक्ष र प्रतिपक्ष बीचमा संवाद रोकिएको छ : दाहाल
अध्यक्ष दाहालले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भएपनि अहिले संवाद रोकिएको बताए।
काठमाडौं, पुस २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिले सत्तापक्ष र प्रतिपक्षबीच संवाद रोकिएको बताएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष दाहालले आफू पदमा हुँदा सत्तापक्ष र प्रतिपक्षबीच संवाद हुने गरेको भएपनि अहिले संवाद रोकिएको बताए।
यस्तै, उनले आफू प्रधानमन्त्री हुँदा गाली सुन्न नपरेपनि असहयोग भएको महसुस गरेको बताए।
कार्यक्रममा कर्मचारी संगठनका नेतृत्वले अपमानित र हिनताबोध हुनेगरी गाली गर्ने काम भएको बताएका थिए। त्यसपछि अध्यक्ष दाहालले भने, ‘आफूहरुले अपमानित हुनेगरी, हिनताबोध हुनेगरी गाली पनि गरेको तपाईंहरुले भन्नुभयो, मैले प्रधानमन्त्रीको रुपमा गाली त सुन्न परेन । तर, असहयोग भयानक मैले पनि महसुस गरेको छु।’
प्रकाशित मिति: १८:०४ बजे, शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












