पिंगलास्थान युवती मृत्यु प्रकरण : युवतीसँगै होटलमा बसेका फरार युवक पनि मृत भेटिए
ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
काठमाडौं, पुस २० : काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत भेटिएकी युवतीसँगै होटलमा बसेका युवक पनि मृत भेटिएका छन्।
बुधबार होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन्। सो दिन होटलमा युवतीसँगै ओखलढुंगाका देवबहादुर थापापनि बसेको खुलेको थियो।
त्यसपछि उनी फरार थिए। ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनी समयअघि मात्रै जापानबाट फर्किएका थिए भने युवाती पनि जापानिज भाषा पढिरहेकी थिइन्।
प्रहरीले यो घटनामा थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १७:३३ बजे, शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












