Kathmandu Press

‘सहकारी क्षेत्रलाई व्यवस्थित गर्न शक्ति सम्पन्न प्राधिकरण गठन गरिन्छ’

उनले देशमा रहेका कतिपय कानूनहरुले गर्दा सहकारी सम्बन्धी कामहरु प्रभावकारी र नियमन नभएको भन्दै यसका लागि प्राधिकरण गठन गर्ने बताए। 
‘सहकारी क्षेत्रलाई व्यवस्थित गर्न शक्ति सम्पन्न प्राधिकरण गठन गरिन्छ’

काठमाडौं, पुस २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न प्रभावकारी शक्तिसम्पन्न प्राधिकरण गठन गर्ने बताएका छन्।

सुदुरपश्चिम प्रदेशको प्रचलित सांस्कृतिक पर्व ‘भुवः भस्सो’ सम्बन्धी आयोजित विशेष कार्यक्रममा उनले देशमा रहेका कतिपय कानूनहरुले गर्दा सहकारी सम्बन्धी कामहरु प्रभावकारी र नियमन नभएको भन्दै यसका लागि प्राधिकरण गठन गर्ने बताए। 

Hardik ivf

‘गल्ती गरेकाहरुलाई कारवाही गर्नको लागि, त्यसको कार्यान्वयन गर्नको लागि, बचत फिर्ता गर्नका लागि र देशमा रहेको कानूनहरुले गर्दा काम प्रभावकारी नभएको र नियमन पनि नभएको हुनाले प्रभावकारी शक्तिसम्पन्न प्राधिकरण गठन गर्ने, त्यसले सहकारीको क्षेत्रलाई व्यवस्थित गर्ने काम गर्छ,’ उनले भने, ‘बचत रकम संरक्षण गर्नको लागि सहकारी संरक्षण कोषको स्थापना गर्नको लागि पनि लागेका छौं।’ 

मन्त्री गुरुङलेसहकारी छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार छानबिनको काम पनि अगाडि बढेको भन्दै उन्मुक्ति पाउछु भनेर कसैले नसोचे पनि हुने बताए। उनले समाजमा देखिका विकृति–विसंगतीलाई हटाउँदै भ्रष्टाचार न्युनिकरणमा सरकार लागेको बताए।

‘सहकारीको क्षेत्रमा जुन खालको भद्रगोल र बचत अनियमितता गर्ने काम भइरहेको छ, त्यो राम्रो होइन । समस्याग्रस्त २२ वटा सहकारीहरुको अनुसन्धानको लागि प्रतिनिधि सभामा उपस्थित सम्पूर्ण दलहरुको सहभागिता हुनेगरी गठन गरिएको समितिले प्रतिवेदन दिएको छ र त्यो प्रतिवेदनले देखाएको संस्था र व्यक्तिप्रति छानबिनको काम पनि अगाडि बढाएको छ,’ उनले भने, ‘छानविनमा गल्ती गरेको छैन भने डराउनु परेन । गल्ती गरेको छ भने पनि उन्मुक्ति पाउँछु भनेर कसैले नसोचे हुन्छ।’

६९ हजार बचतकर्ताको रकम फिर्ता गर्ने काममा सरकार लागेको भन्दै सहकारी सम्बन्धी कानूनहरु एकिकरण गर्नको लागि बनेको अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको पनि उनको भनाई छ। 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, पुस २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्