Kathmandu Press

सभापति लामिछानेलाई अप्ठ्यारो पार्ने गरी सरकारले सहकारी अध्यादेश ल्याएकाे रास्वापकाे ठहर

शनिबारबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारेमा छलफल भएको थियो। सो छलफलपछि रास्वपाले रास्वपाले सहकारी अध्यादेश आफ्ना सपभातिलाई अप्ठ्यारो ल्याइएको निष्कर्ष निकालेको छ।
सभापति लामिछानेलाई अप्ठ्यारो पार्ने गरी सरकारले सहकारी अध्यादेश ल्याएकाे रास्वापकाे ठहर

काठमाडौं, पुस २० : सरकारले सहकारी सम्बन्धी अध्यादेश आफ्नो सभापति रवि लामिछानेलाई अप्ठ्यारो पार्ने गरी ल्याइएको निष्कर्ष राष्ट्रिय स्वतन्त्र पार्टीले निकालेको छ। 

शनिबारबाट सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा सहकारी सम्बन्धी अध्यादेश र संविधान संशोधनबारेमा छलफल भएको थियो। सो छलफलपछि रास्वपाले रास्वपाले सहकारी अध्यादेश आफ्ना सपभातिलाई अप्ठ्यारो ल्याइएको निष्कर्ष निकालेको छ।

Hardik ivf

सरकारले सहकारी अध्यायदेश आफू र आफू नजिककालाई बचाउन र सहकारी धरासायी बनाउन ल्याएको रास्वापले बताएको छ। सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको निष्कर्ष रास्वपाको छ।

‘सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ,’ सांसद गणेश कार्कीले भने, ‘रास्वपा सभापतिलाई अफ्ठ्यारो पार्नेगरी मात्रै दफा छिराइएको छ। संविधान संशोधनका बारेमा पनि कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ।’

पार्टी सभापतिमाथि आक्रमण, राजनीतिक प्रतिशोध साँधिएको बताउँदै पार्टीलाई कमजोर बनाउन ठूला दलहरू लागि परेको निष्कर्ष बैठकको छ। 

प्रकाशित मिति: १६:२८ बजे, शनिबार, पुस २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्