Kathmandu Press

काठमाडौं महानगरले जाडो विदामा शिक्षकहरुलाई तालीम दिने

सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराएर शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको हो। 
काठमाडौं महानगरले जाडो विदामा शिक्षकहरुलाई तालीम दिने

काठमाडौं, पुस २० : काठमाडौं महानगरपालिकाकाको शिक्षा विभागले जाडो विदाका समयमा सामुदायिक विद्यालयहरुका शिक्षकहरुलाई क्षमता विकास तालिममा सहभागी हुन आव्हान गरेको छ। 

‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई तालिमबाट क्षमता विकास गराएर शिक्षकहरुले प्राप्त गरेको योग्यतालाई विश्वविद्यालयबाट प्रमाणीकरण गराउने योजनाअन्तर्गत तालिम सञ्चालन गर्न लागिएको हो। 

Hardik ivf

‘सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षकको क्षमता विकासमा लगानी गर्नुपर्ने भएकोले तालिम सञ्चालन गर्न लागेका हौं,’ सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने।

उनका अनुसार शैक्षिक क्रियाकलापमा असर नहुने गरी विदाको समय उपयोग गर्न लागिएको हो। शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सिप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखिएको छ। यसको नतिजा विद्यार्थीहरुको शैक्षिक प्रमाण पत्र र व्यवहारिक सिपमा प्राप्त हुनेछ। 

यसअन्तर्गत पुस २१ र २२ गते कक्षा १० का गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरुलाई तालिम हुनेछ । पुस २३ गतेदेखि माघ ७ गतेसम्म कक्षा १० का इच्छुक विद्यार्थीका लागि गणित, सामाजिक, विज्ञान र अर्थशास्त्रलगायतका विषयमा सिकाइ कक्षा सञ्चालन हुनेछन्।
एसइइ लक्षित सिकाइमा अवस्था अनुसार विद्यार्थीको वर्गीकरण गरिनेछ। सिकाइ सहयोग, प्रविधिमार्फत सिकाइ, शिक्षण प्रबन्ध प्रणालीको उपयोग, समूहगत सिकाइ, परियोजना कार्यमा आधारित सिकाइ कक्षाका ढाँचा हुनेछन्

पुस २४ गतेदेखि माघ ४ गतेसम्म पुस्तकरहित शुक्रबारका सिर्जनात्मक सिकाइ र शिक्षामा सिप कार्यक्रमसँग सम्बन्धित फोकल शिक्षकहरुका तालिम हुनेछ। पाठ्यक्रममा सहभागितामुलक प्रतिबिम्बन, सञ्चालन मार्गदर्शन प्रतिबिम्बन तथा प्राविधिक क्षमता अभिवृद्धि तालिमका विधि हुन्। 

माघ ५ गतेदेखि ७ गतेसम्म शिक्षकका लागि मनोसामाजिक परामर्श र क्यारियर गाइड म्यापिङ तालिम हुनेछ। पुस २३ गतेदेखि २८ गतेसम्म प्रारम्भिक बाल विकास शिक्षाका सहजकर्ताहरुको तालिम हुनेछ । माघ २ गतेदेखि ७ गतेसम्म कक्षा १ देखि ३ सम्मका शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धि तालिम हुनेछ।

रचनात्मक विद्यालय विकास कार्यक्रमको खेलकुद प्रशिक्षण कार्यक्रम पुस २४ देखि माघ ८ सम्म हुनेछ। 

प्रकाशित मिति: १४:३५ बजे, शनिबार, पुस २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्