Kathmandu Press

कांग्रेस आउने चुनावमा एक्लै लड्छ : नेता सिंह

उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे। केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए। 
कांग्रेस आउने चुनावमा एक्लै लड्छ : नेता सिंह

महोत्तरी, पुस २० : कांग्रेसका नेता तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेसले आगामी चुनाव एक्लै लडने बताएका छन्। 

नेपाली कांग्रेस महोत्तरी जिल्ला समितिले बर्दीबासमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि संगठन निर्माणमा लाग्न आग्रह गरे। केही समयअघि भएको उपनिर्वाचनमा यसको अभ्यास भइसकेको पनि उनले बताए। 

Hardik ivf

महासमिति बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको र केन्द्रीय समिति बैठकले त्यसलाई अनुमोदन गरिसकेको उनले बता ।

‘आगामी निर्वाचन एक्लै लड्ने भनेर कांग्रेस महासमिति बैठकले निर्णय गरेर केन्द्रीय समितिले अनुमोदन गरिसकेको छ’, सिंहले भने, ‘पार्टीको मुख्य शक्ति संगठन हो। त्यसैले हामी सबै संगठन सुदृढीकरण गर्न लाग्नुपर्छ।’ 

समाजसेवाको सबैभन्दा राम्रो माध्यम राजनीति भएको भन्दै उनले सेवा भावले सक्रिय हुनुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्रीसमेत रहेका सिंहले शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने काम प्रभावकारी रूपमा अघि बढाइरहेको बताए।

सर्लाहीको हरिपुर नगरपालिकामा शहरी विकास मन्त्रालयले बनाएको व्यवसायिक भवनको उद्घाटनमा जाने क्रममा महोत्तरीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सिंह सहभागी भएका हुन्। 

आजै उनी रौतहटमा हुने पार्टी कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, पुस २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्