सबैले काम गर्ने तरिका परिवर्तन गर्नुपर्छ : मन्त्री गुरूङ
उनले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।-1735979796.jpg)
काठमाडौं, पुस २० : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले काम गर्ने तरिका सबैले परिवर्तन गरे मात्र विकास हुने बताएका छन्।
शनिबार दिगो पर्यटन सहकारी संस्था लिमिटेडको १४ औं बार्षिक साधारण सभामा बोल्दै उनले सरकारमा रहेका हरेक व्यक्तिले आर्थिक र सामाजिक रुपान्तरणको लागि काम गर्ने तरिका नीतिगत तरिकामा विशेष ध्यान दिनुपर्ने बताएका हुन्।
‘हाम्रो कर्मचारी, सरकारमा रहेका हरेक व्यक्ति र प्रहरी प्रशासनले गर्ने जुन कामको तरिका छ त्यो तरिकाको शैली परिवर्तन गर्नुपर्छ। त्यसपछि मात्र विकास हुनसक्छ । नयाँ व्यवस्था र पूरानो व्यवस्थामा काम गर्ने तरिका मिलेको छैन,’ उलने भने, ‘सरकारमा छौं सरकारमा जाने मान्छेहरु जुनसुकैले पनि आर्थिक सामाजिक रुपान्तरणका लागि काम गर्ने तरिका र नीतिगत तरिकाहरुमा ध्यान दिएको अवस्था छैन । अहिलेसम्म कुनै सरकारले ध्यान दिएको छैन।’
उनले हाम्रो देशको कानून निर्माणहरु नै विग्रेको अवस्था भएको बताए। उनले राज्यले एउटा मात्र मुलभूत पोलिसीलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताए।




-1792226847.jpeg)





-1792226847.jpeg)
