Kathmandu Press

डा.कोइरालाले बेलायतको संसद भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

संसदको त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ।
डा.कोइरालाले बेलायतको संसद भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

काठमाडौं, पुस २० : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने भएका छन्। 

उनले जनवरी १३ मा संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्वोधन गर्न लागेका हुन्। 

संसदको त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ।

नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन्। 
 
वेलायतको संसद भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन्। 
 
प्रकाशित मिति: ११:४० बजे, शनिबार, पुस २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्