Kathmandu Press

राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पनि र्‍यालीमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं, पुस २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०३औं पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते दरबारमार्गस्थित महेन्द्र सालिकदेखि सिंहदरबार अगाडि रहेको पृथ्वी सालिकसम्म राष्ट्रिय एकता र्‍याली गर्ने भएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष पशुपतिशम्शेर राणा, डा प्रकाशचन्द्र लोहनीलगायत नेताहरू पनि र्‍यालीमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार विभिन्न वेशभूषा र झाँकीसहितको हुने र्‍याली पृथ्वी सालिकमा पुगेर नेताहरूले राष्ट्रनिर्माताको सम्मानमा पुष्पगुच्छा चढाउने कार्यक्रम छ। सोही दिन राप्रपाले पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रमको आयोजना गर्नेछ।

यसैगरी पृथ्वी जयन्तीकै अवसरमा राप्रपासम्बद्ध प्राज्ञिक परिषद्ले पुस २५ गते काठमाडौंमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदानका बारेमा विचारगोष्ठीको आयोजना गरेको गर्ने भएको छ।

प्रकाशित मिति: ०७:३७ बजे, शनिबार, पुस २०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्