Kathmandu Press

नेपाल सुपर लिगको अक्सन फागुनमा हुने

एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले खेलाडी अक्सन प्रतियोगिता सुरुअघि एक महिना अघि अर्थात फागनु दोस्रो साता गर्ने तयारी गरेको छ।
नेपाल सुपर लिगको अक्सन फागुनमा हुने

काठमाडाैं, पुस १९ : फ्रेन्चाइजी फुटबल लिग नेपाल सुपर लिग (एनएसएस)को तेस्रो संस्करणको अक्सन आगामी फागुनमा हुने भएको छ। 

एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले खेलाडी अक्सन प्रतियोगिता सुरुअघि एक महिना अघि अर्थात फागनु दोस्रो साता गर्ने तयारी गरेको छ। तर, मिति भने तय भएको छैन। 

Hardik ivf

आयोजकले यसअघि नै एन्फासँगको सहमतिमा प्रतियोगिता चैत १६ गतेदेखि सुरु हुने घोषणा गरिसकेको थियो।

खेलाडी घाइते हुने, बाहिर जान सक्ने भएको यो पकटक अक्सन लिग सुरु हुनु एकमहिना अघि मात्र गर्न लागिएको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टका महानिर्देशक श्रेयांक कार्कीले जनाएका छन्। अरु इभेन्ट्सहरूसँग नजुध्ने गरी अक्सन गरिने उनले बताएका छन्।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले एनएसएल आयोजनाको अधिकार एन्फासँग १७ करोड रुपैयाँमा ८ वर्षका लागि खरिद गरेको हो। 

सन् २०२१ मा भएको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो भने दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको थियो। 

पहिलो संस्करणमा ६ टिममात्र सहभागी भएकोमा दोस्रो संस्करणबाट ३ टिम थपेर ९ टिम पु¥याइएको छ। जसमा कमाठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, चितवन एफसी, वीरगञ्ज युनाइटेड, बुटबल–लुम्बिनी एफसी, पोखरा थन्डर्स, धनगढी एफसी, स्पोर्टिङ इलाम, झाप एफसी छन्।

प्रकाशित मिति: २०:५७ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्