Kathmandu Press

विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव– सामाजिक परिवर्तनको नायक बन्नुस्

महामन्त्री शर्माले यदी कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अविभावक बन्नुपर्ने धारणा राख्ने बताए।
विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव– सामाजिक परिवर्तनको नायक बन्नुस्

काठमाडौं, पुस १९ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिएका छन्। 

शुक्रबार काठमाडौंमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक ‘आमा, सपना र ताराहरू’ विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यदी कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अविभावक बन्नुपर्ने धारणा राख्ने बताए।

‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रुपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ। तर राजनीतिमै फेरि आउन चाहनुभएको हो कि भन्ने चर्चा छ,’ उनले भने, ‘यदी कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अविभावक यो देशलाई चाहिएको छ। ताकि कुनै आमाहरुले पीडा सहन नपरोस्।’ 

महामन्त्री शर्माले राजनीतिमा लागेर कसैको मात्र बन्नेसुविधा भएको बताउँदै राजनीतिभन्दा पर अर्थात माथि सामाजिक परिवर्तनको नायक बन्न आवश्यक रहेको बताए। 

महामन्त्री शर्माले यसाे भनिरहँदा पूर्वराष्ट्रपति भण्डारीमा पनि मञ्चमै थिइन्।

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्