Kathmandu Press

१० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न सुझाव

‘संघ प्रदेश र स्थानिय सबैले समावेश हुन पाउने सेवाको व्यवस्था गर्न को लागि हामीले माथिल्लो तहमा खुल्ला १० प्रतिशत बाँकी ९० प्रतिशत पदहरु बढुवाद्धारा पूर्ति गर्नुपर्छ भन्ने लोकसेवाको अहिलेको धारणा रहेको छ,’ उनले भने।
१० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्न सुझाव

काठमाडौं, पुस १९ : लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवामार्फत पदपूर्ति गर्ने व्यवस्था गर्न सुझाव दिएका छन्।
 
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा भएको छलफलमा उनले यस्तो सुझाव दिएका हुन्। 

‘संघ प्रदेश र स्थानिय सबैले समावेश हुन पाउने सेवाको व्यवस्था गर्न को लागि हामीले माथिल्लो तहमा खुल्ला १० प्रतिशत बाँकी ९० प्रतिशत पदहरु बढुवाद्धारा पूर्ति गर्नुपर्छ भन्ने लोकसेवाको अहिलेको धारणा रहेको छ,’ उनले भने।

उनले निजामतीमा सेवा प्रवेशमा उमेर हद खुल्लामा ३२ र समावेशीमा ३७ वर्ष राख्ने विधेयकको प्रस्ताव रहेको भन्दै त्यसलाई कायम गर्दा उपयुक्त हुने बताए। 

‘निजामतिको कर्मचारीको अनिवार्य अवकाशको उमेरहद ६० वर्ष बनाउनु पर्नेछ। सेवा प्रवेशको हकमा उमेर हद अधिकतम समावेशीका हकमा ३७ वर्ष खुल्लामा ३२ वर्ष कायम गर्दा उपयुक्त हुनेछ। जुन विधेयकमा प्रस्ताव भइसकेको नै छ,’ उनले भने।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्