Kathmandu Press

आर्मीले घोषणा गर्‍यो विनोद भण्डारीको कप्तानीमा एलिट कपका लागि टिम

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहँदै आर्मीले एलिट कपमा स्थान बनाएको हो। आर्मी त्यो बेलको टिममा केही युवा खेलाडीलाई समट्दै बलियो टिम तयार पारेको छ। 
आर्मीले घोषणा गर्‍यो विनोद भण्डारीको कप्तानीमा एलिट कपका लागि टिम

काठमाडाैं, पुस १९ : आइतबारबाट पर्सा र धनुषामा सुरु हुने दुई दिवसीय जय ट्रफी एलिट कप क्रिकेटका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबले विनोद भण्डारीको कप्तानीमा टिम घोषणा गरेको छ।

आर्मीले शुक्रबार अधिकांश अनुभवी र केही युवा खेलाडीलाई समेट्दै एलिट कपका लागि १५ सदस्यीय टिम घोषणा गरेको हो।

Hardik ivf

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहँदै आर्मीले एलिट कपमा स्थान बनाएको हो। आर्मी त्यो बेलको टिममा केही युवा खेलाडीलाई समट्दै बलियो टिम तयार पारेको छ। 

आर्मीको टिममा कप्तान विनोद भण्डारीसँगै सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, साहब आलम, बासिर अहमद जस्ता स्टार खेलाडीहरु छन्। 

पिएम कपको उपविजेता आर्मीले टिममा युवा खेलाडीहरू नरेश साउद, आकाश चन्द र दुर्गेस गुप्तालाई टिममा समावेश गरेको छ। दुर्गेस र आकाशले पिएम कप नखेलेपनि नरेनले सुदूरपश्चिमले खेलेका थिए। यी तीनै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

एलिट कपमा आर्मीले पुस २१ गते पहिलो खेल अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्नेछ। यस्तै, पुस २४ गते मधेश प्रदेश र पुस २७ गते बामगती प्रदेशसँग खेल्ने छ। आर्मीका तीनै खेल विरगञ्जस्थित नारायणी रंगशालामा हुनेछ।

आर्मीको टिम : विनोद भण्डारी, सोमपाल कार्मी, भीम सार्की, कुशल मल्ल, विवेक यादव, बासिर अहमद, सन्तोष कार्की, इमराख सेख, सुमित श्रेष्ठ, साहब आलम, नरेन साउद, तृतराज दास, दुर्गेश गुप्ता, आकाश चन्द र पवन कार्की।

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्