Kathmandu Press

परिणाममुखी काम गर्न प्रजिअ र सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन

‘अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक–अर्कासित सम्वन्धित छन्,’ उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस्।’
परिणाममुखी काम गर्न प्रजिअ र सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, पुस १९ : गृहमन्त्री रमेश लेखकले सिमित स्रोत र साधनकाबीच परिणाममुखी काम गर्न मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले शुक्रबार आयोजना गरेको जिल्ला सुरक्षा समितिसितको भर्जुअल बैठकमा बोल्दै गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रण, आत्महत्या न्यूनीकरण तथा सवारी दुर्घटना न्युनीकरण चुनौतीका रुपमा रहेको बताउँदै सिमित स्रोत साधनकाबीच पनि गम्भीर भएर काम गर्न निर्देशन दिए।

Hardik ivf

‘अहिले चुनौतीका रुपमा देखा परेका तीनवटै विषय एक–अर्कासित सम्वन्धित छन्,’ उनले भने, ‘त्यसको न्यूनीकरणका लागि प्रदेश र स्थानीय तहसित पनि समन्वय गरेर लाग्नुहोस्।’

सीमामा हुने अपराध, चोरीशिकारी नियन्त्रण, भ्रष्टाचार न्युनीकरण र आर्थिक अनियमिततामा शून्य सहनसिलताको नीति अप्नाउन आग्रह समेत गरे।

मन्त्रालयले कानूनी, नीतिगत र संरचनात्मक सुधारका कामहरु अगाढी बढाएको बताउँदै मन्त्री लेखकले सोही अनुसार कामको गुणस्तर बढाएर जानुपर्नेमा जोड दिए।

‘शान्ति सुरक्षाको गम्भीर जिम्मेवारी हामीसित छ,’ उनले भने, ‘विकास, स्मृद्धि र लोकतन्त्रको दीर्घ जीवनका लागि शान्ति सुरक्षा हुनैपर्छ।’

यस्तै, गृहसचिव गोकर्णमणि दुवाडीले नतिजा देखिनेगरी काम गर्न निर्देशन दिए। उनले सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिँदै गुनासोरहित सेवाप्रवाहमा ध्यान दिन जोड दिए।

भर्चुअल बैठकमा सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयको विभिन्न महाशाखाका प्रमुख र देशभरका प्रमुख जिल्लाअधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधीकारीहरु सहभागी थिए।
 

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्