Kathmandu Press

माओवादीले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने

माओवादीले संसदमा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने तयारी गरेको सापकोटाको भनाई थियो।
माओवादीले संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने

काठमाडौं, पुस १९ : नेकपा माओवादी केन्द्रले संघीय संसद्को अधिवेशनका लागि सरकारलाई दबाब दिने भएको छ। 

माओवादी पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले संसद अधिवेशनका लागि सरकारलाई दबाब दिने निर्णय गरेको हो। 

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले सरकारले संचारकर्मीलाई प्रतिक्रिया दिँदै नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको निष्कर्ष निकालेको जानकारी दिए। माओवादीले संसदमा रहेका सबै दलसँग छलफल गरेर दबाब सिर्जना गर्ने तयारी गरेको सापकोटाको भनाई थियो।

सापकोटाले संसद् छलेर सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको पनि बताए। माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राखेको राजनीतिक प्रतिवेदनमाथि ३० जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए। 

सापकोटाले जनाए अनुसार स्थायी कमिटी सदस्यले समसामायिक परिस्थिति, पार्टी रूपान्तरण, अहिलेको सरकारको क्रियाकलाप, संविधान संशोधनबारे धारणा राखेका थिए। 

बैठकमा अध्यक्ष दाहालले देशका सबै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरी विभिन्न अभियान सञ्चालन गर्ने बताएका थिए। अभियानमा सबै केन्द्रीय नेतासमेत सहभागी हुने भनाई उनले राखेका थिए। 

स्थायी कमिटी बैठक शनिबार पनि बस्ने छ। यही पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक चलिरहेको छ। 

प्रकाशित मिति: १६:३८ बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्