Kathmandu Press

‘स्थानीय तहको औचित्य स्थापित गर्न महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण’

हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनले उल्लेख गरे।
‘स्थानीय तहको औचित्य स्थापित गर्न महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण’
फाइल तस्बिर।

काठमाडौं, पुस १९ : प्रधानमन्त्री केपी ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्। 

कल्प संस्थाद्वारा आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘सी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए।

Hardik ivf

हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनले उल्लेख गरे।

‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ। महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो। ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ।’

प्रधानमन्त्री ओलीले हकअधिकारको उपभोग र अवसरमा समानता चाहिएको बताउँदै प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुनसक्ने उल्लेख गरे।

स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् रहेको बताउँदै उनले यो उपस्थिति प्रगतिउन्मुख रहेको र यसलाई बढाएर लैजानुपर्ने बताए।

प्रधानमन्त्री ओलीले महिलामा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्टता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे।

कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो।

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्